सर्वसाधारणका लागि भन्दै आयल निगमले ६ अर्बको सेयर बाड्ने

काठमाडौं, पुस ३ । आयल निगम ६ अर्बको सेयर बाँड्दै  नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो ।

हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको छ । त्यसलाई वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याउन सेयर निष्कासन गर्न लागिएको निगमले जनाएको आजको कान्तिपुरमा समाचार छ ।

निगम कम्पनी ऐन २०२१ अन्तर्गत दर्ता भए पनि चुक्ता पुँजी न्यून छ । अहिले नयाँ ऐन २०६३ जारी भइसकेकाले सोही अवधारणामा जान निगमले आवश्यक कदम चाल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *