समानुपातिकमा कांग्रेसको अवस्था चित्त बुझ्दो

काठमाडौं, पुस ३ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ।

प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ।

कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो। समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ।

एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ। पपुलर मतमा कांग्रेस-एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *