जोगवनीबाट लागुऔषध ल्याउने धरानकी कल्पना राई पक्राउ

पुस २, धरान । मोरङको बिराटनगर महानगरपालिका ५ स्थित बरगाछी चौकबाट प्रहरीले लागूऔषध सहित एक युवतीलाई पक्राउ गरेको छ । लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका १९ बस्ने २५ वर्षीया कल्पना राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सि.आर.भी. बरगाछी र ट्राफिक सहित संयुक्त चेकजाँचमा खटिएको टोलीले शंकास्पद अबस्थामा हिडिरहेकी राईको शरीर खानतलासी लिने क्रममा लागूऔषध डाईजेल्याब २५ एम्पुल, लुपीजेसीक, २५ एम्पुल र एभील २५ एम्पुल फेला पारी बरामद गरेको हो ।

पक्राउ परेकी राईका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। राईले जोगवनीबाट लागुऔषध ल्याएर धरानमा विक्री गर्ने गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *