सुनको टिला देखाएर नाटकीय शैलीमा ठगी

पुस २, धरान । सुनसरीको धरानमा एक महिलालाई सुनको टिला देखाएर नाटकीय शैलीमा अपरिचित दुई व्यक्तिले ठगी गरेको पीडित एक महिलाले बताएकी छन् । भोजपुर साल्पासिलिछोङ ५ की मैना राईले आफू दुई युवाबाट ठगिएको धरानमा पत्रकार सम्मेलन गरी बताएकी छिन ।

उनले ती युवकहरु धनकुटाको भेडेटार निवासी रहेको र आफूसँग रहेको साढे २ तोलाको सुनको सिक्री र नगद २२ हजार रुपैयाँ ठगी गरेर फरार भएको बताइन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी आफ्नी बहिनीलाई भेट्न पुगेकी राई आफ्ना नानीको लागि कपडा किन्न जाने क्रममा युवाहरुबाट ठगिएकी हुन् ।

कपडा किन्न जाने क्रममा बाटोमा भेटिएका गुरुङ थर बताउने युवाले धरान–१८ बुद्धचोकमा राम्रो कपडा पाउछ भन्दै पु¥याएको र त्यहाँ अर्का युवाले काठमाडौँबाट आएकाले आफूलाई समस्या परेको बताउँदै सुनको टिला देखाएर आफ्नो सुन र पैसा लगेको उनले बताएकी छिन् ।

बाटोमा भेटिएका युवाले किनौं भन्दै दुईजनाले किनेको तर, केही क्षणपछि ती युवा र बिक्री गर्ने युवा समेत फरार भएको उनले बताएकी छिन् । उक्त सुनको टिला श्रीमान् प्रजापतिलाई देखाएपछि मात्रै उनी ठगिएको थाहा पाएकी सम्मेलनमा राईले बताएकी छिन् ।

ठगीएकी राई तथा उनका श्रीमान्ले अपरिचित युवाहरुबिरुद्ध धरान १८ का वडा अध्यक्ष प्रवीण राईको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *