निर्वाचनपछि उत्पन्न परिस्थितिका विषयमा धारणा सार्वजनिक गर्न ओली र दाहालद्धारा संयुक्त पत्रकार सम्मलेन

काठमाडौं, पुस २ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयुक्त पत्रकार सम्मलेन गर्दैछन् । आइतबार दिउँसो ३ बजे होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरि निर्वाचनपछि उत्पन्न परिस्थितिका विषयमा धारणा सार्वजनिक गर्न लागेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

निर्वाचनपछि दुवै पार्टीले आयोजना गर्न लागेको यो पहिलो पत्रकार सम्मेलन हो । पत्रकार सम्मेलनमार्फत मतदातालाई औपचारिक रूपमा धन्यवाद दिने, राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश र सरकार गठनका विषयमा धारणा सार्वजनिक गर्ने बुझिएको छ ।

अध्यादेश राष्ट्रपतिकहाँ अड्कँदा राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्न ढिलाइ भइरहेको छ । राष्ट्रिय सभाको निर्वाचन नभइ संसद बस्न नमिल्ने र संसद नबसी नयाँ सरकार गठनको बाटो नखुल्ने तर्क नेपाली कांग्रेसले गरेपछि एमाले सरकारसँग रुष्ट बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *