रोनाल्डोको गोल सँगै रियल मड्रिडले क्लब वर्ल्डकपको उपाधि जित्न सफल

२०७४ जेठ १५ गते

“
पुस २, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोल सँगै रियल मड्रिडले क्लब वर्ल्डकपको उपाधि जित्न सफल भएको छ ।
गए राती अबुधाबीमा भएको खेलमा रियल मड्रिडले ब्राजिलियन फुटबल क्लब ग्रमिओलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
उसका लागि ५३ औं मिनेटमा रोनाल्डोले विजयी गोल गरे ।
यो जितसँगै रियल मड्रिड लगातार दुईपटक क्लब वर्ल्डकपको उपाधि जित्ने पहिलो टिम बनेको छ ।
रियलले २०१७ मा पाँच जितेको छ । च्याम्पियन्स लिग, ला लिगा, यूईएफए सुपर कप, स्पेनिस सुपर कप र अहिले क्लब वर्ल्डकप ।
सन् २०१६ मा जिनेदान जिदान प्रशिक्षक भएपछि रियलले समग्रमा ८ उपाधि उचालेको छ । साथै बार्सिलोनाको तीन उपाधिसँग बराबरी गरेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित