जाडोले कठ्याङग्रिएर मागिखानेको मृत्यु

२०७४ जेठ १५ गते

“
पुस २, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण शिवराज नगरपालिका चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।
करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो ।
पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहि दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित