चिलीमा पहिरोका कारण पाँच जनाको मृत्यु

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस, २ । चिलीमा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँका जर्दनौं घरमा क्षति समेत पुगेको छ । लेक क्षेत्रको ग्रामीण बस्ती भिल्ला सान्ता लुसियामा पहिरोका कारण दर्जनौँ घर पुरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यस्तै पहिरोमा परेर १५ जना मानिस बेपत्ता भएका छन् । चिलीका राष्ट्रपति मिशेल बाचेलेतले पहिरो प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्नुभएको छ । लेक क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ भने सडकसञ्जाल पनि टुटेको छ । उद्धार तथा राहतको कामलाई तीब्र र प्रभावकारी बनाउन आदेश दिएको राष्ट्रपति बाचेलेतले बताउनुभएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित