व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन सक्ने प्रकारको शिक्षा हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौं, पस २ । उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यार्थीले सिकेका ज्ञान सीपलाई उनीहरुको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन सक्ने प्रकारको शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । पेप्सीकोलास्थित नवस्थापित पाणिनि स्कुलको उद्घाटन गर्ने क्रममा यस्तो कुरा बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले मौलिक संस्कृति र आधुनिक प्रविधिसहित शिक्षाको विकासमा उक्त विद्यालयले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सकोस् भनी कामना समेत गर्नुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालले राज्यको पुनःसंरचनासँगै विद्यालय शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा परेकाले शिक्षामा थप सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *