नायक हमालले दिए ओलीलाई बधाई

२०७४ जेठ १५ गते

“
पुस १, भक्तपुर । नायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ दिएका छन् । ओलीलाई बधाई दिन हमाल ओली निवास बालकोट पुगेका थिए । उनले अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए ।
हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ती र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् ।
अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए । ओलीले चलचित्र हिरोहरुले चलचित्रमा अभिनय मात्र नभई देश बनाउनका लागी साँच्ची नै भूमिका निवार्ह गर्नुपर्ने समेत बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित