जलवायु परिवर्तनबारे जनचेतना जगाउन ‘फेसन शो’को तयारी

पुस १, धरान । पुर्वको सुन्दर तथा फेशनेवल शहरको रुपमा परिचित सुनसरीको धरानलाई फेसन सोका माध्ययमबाट अझ ब्यवसायिक बनाएर विश्वसामु चिनाउने उद्धेश्यले धरानमा पहिलो पटक पर्पकर्न हिपस्टर फेसन सो हुने भएको छ ।

स्वच्छ वातावरण, अमृतमय जीवन मुल नाराका साथ आयोजक पर्पकर्न ईन्टरटेन्टमेन्टले शनिबार धरान १० स्थित ब्रिक क्याफेमा गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएकोे हो ।

सम्मेलनमा बिश्वमा बढदै गईरहेको ग्लोबल वारर्मिङको असरलाई न्युनीकरण गर्न युवाहरुमाझ जनचेतना फैलाउने उदेश्यले समेत सो फोसन सो गर्न लागेको कार्यक्रमका सम्योजक अमित राईले जानकारी दिएका छन् ।

राईले धरानलाई मोडलिङ तथा ग्ल्यामर क्षेत्रमा लागेर क्यारियर बनाउने युवा युवतीहरुलाई ब्यवसायि करण गर्नका लागी पनि यस्ता कार्यक्रमहरुको आयोजना हुनु जरुरी रहेको बताए ।

उनले जसका लागी सोमा सहभागी मोडलहरुलाई कोरियोग्रफर तथा कलाकारहरुलाई पारिश्रमिक सहित सहभागिता गराउने बताए ।

यहि पुष ७ गते धरान ८ स्थित यलम्बर पार्कमा आयोजना हुने कार्यक्रममा मिस नेपाल २०१४ कि बिजेता सुविन लिम्बु,मिस प्लस टु २०१७ कि बिजेता सिमरण तुलाधर, फस्ट रनर अप बिलम राई,मिस एस ई ई२०१७ की निसम लिम्बु,फस्ट रनर अप अलिना क्षेत्री,मिस पुर्वाअञ्चल २०१७ कि फस्ट रनर अप सिमरन श्रेष्ठका साथै धरान फिटनेशका फिटनेश गुरु बबिता मगर,रेखा गुरुङको जुम्बा नृत्य ,डिजे नवको डिजेईङ तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहनेछ ।

साथै सोही कार्यक्रमबाट उठेको रकमले धरानका पत्रकार तथा मजदुरहरुको सहकार्यमा पुण्य प्याकुरेलको घर निर्माणमा सहयोग गर्नुका साथै धरान उपमहानगरपलिकाको कुनै एक स्थानमा १ सय वटा बृक्षरोपन समेत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा मिस्टर धरान २०१७ का सुमिन आर्चाजुले कोरडयोगा्रफि तथा डिजाईनर बिलप राईको डिजाईनमा तयार पारिएको पहिरनमा ¥याम्पमा उतारिने आयोजक हिपस्टर फेसन सोका सम्योजक अमित राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *