सुनसरीमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् र निकासी अझै रोकिएन


“
पुस १, धरान । सरकारले खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि माथिल्लो निकायबाट सेटीङ मिलाई सुनसरी धरानको सेउती खोलामा ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी अझै रोकिएको छैन । चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन् गरेकै कारण बाढीले नराम्रो क्षति समेत पुर्याएको छ ।
सुनसरीको धरान स्थित सर्दु,सेउती जस्ता खोलामा दिउसै माथिल्लो निकायको सेटीङमा उत्खनन् हुने गरेको धरानमा आज आयोजित पत्रकार सम्मेलनमा स्थानीय निकायका जनप्रतिनिधिहरुले नै दावी गरेका छन ।
सम्मेलनमा धरान वडा नम्बर ५,६र १५ का वडा अध्यक्षहरुको भनाई अनुसार प्रहरीले निगरानी पनि गरिरहेको छ । असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न पाइँदैन । तर तिनै समय बाहेक अहिले आएर मंसिर पुषमा पनि माथिल्ले निकायमा सेटिङ मिलाएर गिट्टी, बालुवा खोलाबाट निकासी हुने गर्छ धरान ५ का बडा अध्यक्ष सन्तोष लिम्बुले जनाकारी दिएका छन् ।
उनका अनुसार सिडियो एल डि यो र ठेकेदार कम्पनीहरुको मिलोमतोमा अबैध ढंगले सयौको संख्यामा ट्रक ट्रिपर र स्काभेटरहरु लगाई बालुवा गीटी उत्खनन् गरेको छ ।
आफुहरु स्वयम स्थानीय जनप्रतिनिधी भएपनि ठुलावडाको सेटिङमा आफुहरुलाई नटेरेकाले पत्रकार स्वयमलाई समेत अनुगमनका लागी लगीएको लिम्बुले बताएका छन ।
खोलाबाट दैनिक जसो प्रति ट्रिपर २ हजारदेखी ४ हजार सम्ममा लगी महगोमा बेच्ने गरेको समेत लिम्बुले बताए ।
उता जिल्ला समन्वय समिति सुनसरीले गरेको सार्वजनिक सूचनाअनुसार बाटो, पाटीपौवा मठमन्दिर, पैनीबाहेक खोलाबाट ढुंगा बालुवा निकासी पैठारी गर्न पाइँदैन । खोला क्षेत्रको संरक्षणका लागि विभिन्न पहल भइरहेको जिल्ला वन कार्यालका अधिकारीहरु बताउँछन ।
खोलामा भएको दुई नम्बरी धन्दा नरोकिएको देख्दा हैरानी हुन थालेको स्थानीयवासी तथा जनप्रतिनिधीहरुको भनाइ रहेको छ ।
स्थानीय प्रशासनले चासो दिएमात्रै निकासी रोक्न सकिने धरान १५ का वडा अध्यक्ष नरेश ईवारामको भनाइ छ । जसका लागी उनले पत्रकारहरुलाई गैरकानुनी रुपमा भईरहेको कामलाई उजागर गरिदिन ईवारामले आग्रह पनि गरेका छन ।
“
