औलो, कालाजर, डेंगु रोगसम्बन्धी अन्तक्र्रिया

कलैया, २९ मङ्सिर। मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडा र जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा कीटजन्य औलो, कालाजर, डेँगु रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका डा अञ्जु कार्कीले कीटजन्य डेँगु रोगबारे सहजीकरण गर्र्दै यसको नियन्त्रण र यसबाट बाँच्ने उपायबारे जानकारी गराएकी थिइन् । यस चालु आर्थिक वर्षमा बाराको निजगढमा १९ जना डेँगु रोगी फेला परेको डा कार्कीले जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले रोग नियन्त्रणका लागि काम गरी मानवीय क्षति हुनबाट जोगाएको जानकारी दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका चन्देश्वरप्रसाद यादवले औलो र कालाजार रोगबारे सहजीकरण गराएका थिए ।

सो अवसरमा यादवले यस रोगबाट बच्ने उपाय र रोग नियन्त्रणबारे सहजीकरण गराएका थिए। उनले बाराको महेशपुर, पिपरपाति र बबुर्आनमा गरी तीन जना औलो रोगी फेला परेको बताए । मध्य तराईका जिल्ला पर्सादेखि झापासम्म कालाजार र औलो रोगको जोखिम देखापरेको छ ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, नागरिक समाजका प्रतिनिधि, पत्रकारलगायत ४० जनाको सहभागिता रहेको थियो।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *