पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुँदै

पोखरा,मंसिर २९ । पोखरामा अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको छ । पुस ६ गतेदेखि ८ गतेसम्म तीन दिने तोस्रो पोखरा अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको आयोजना गरिएको हो ।

 

पोखरा फिल्म सोसाइटीले पोखरा सभागृहमा आयोजना गर्ने चलचित्र महोत्सवमा राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय गरी ४३ चलचित्रहरूको प्रदर्शनी गरिने छ। प्रर्दशनीमा नेपाल लगाएत विभिन्न २० देशका चलचित्रहरुको सहभागिता रहने बताइएको छ । महोत्सवमा नेपाली परिवेश अनुसार निर्माण गरिएको सुदुरपश्चिमको ‘कथाजालगेडी’ लगायत अन्य नेपाली छोटो फिल्मवाट सुरु गरिने छ । महोत्सवमा नेपाली चलचित्र तुईनको नेपाल प्रिमयम पनि सो हुने भएको छ ।

रामेश र रायनको गीतवाट जनतामा जगाएको चेतना र आन्दोलनको कथालाई समेटेर तयार पारिएको चलचित्र डडेलोको सतीशाल पनिमहोत्सवमा प्रर्दशन गरिने छ । महोत्सवमा पोखराको दुई वटा चलचित्र समेत समावेस भएका छन् । निर्माता संजोग वस्यालले निर्माण गरेको वृत्तचित्र कृष्ण समेत प्रर्दशन गरिने महोत्सव संयोजक सरोज सापकोटाले जानकारी दिए ।

पहिलो दिनमा १० फिल्म, दोश्रो दिन २० र तेस्रो दिनमा १३ वटाचलचित्रहरु प्रर्दशन गरिने छ । विहान १०वजे देखि वेलुकी ६ः०० सम्म नियमित प्रर्दशनी हुने छ । पहिलो दिन ६ गते वेलुकी ६ः०० वजे लेकसाईडको वाराहीचोकमा खुल्ला प्रर्दशनीगरिने छ भने दोश्रो दिन रामवजारको राममन्दिर चोकमा खुल्ला प्रर्दशनी गरिने छ ।महोत्सवको दोश्रो दिन नेपाली चलचित्रमा जनजातीको चित्रण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने छ। अन्रर्त्क्रियामा राजेश गोंगजु, माओत्से गुरुङ्ग, नविन सुव्वा र अनुप सुवेदीको सहभागिता रहने महोत्सवका सचिव विष्णु गौतमले बताए । चलचित्र महोत्सवकालागि १ सयभन्दा बढी देशका नौ सय भन्दा बढी चलचित्रहरूले सहभागिताका लागिआवेदन दिएको आयोजकले जनाएकोछ । तर आयोजकले नेपाली विशेषता र विविधता अनुकुलको फिल्मलाई छनौट गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *