निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई राष्ट्रपतिले दिईन् बधाई

मंसिर २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परीणामबारे जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कोशेढुंगाका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण र ठूलो जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएकी थिईन् ।

साथै अब मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरेको प्रवक्ता कुलप्रसाद चुडालले बताए । राष्ट्रपतिले समाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जन आकांक्षा सफल पार्न दलहरुबीच सहकार्य हुनु पर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *