हस्तकलाका उत्कृष्ट उत्पादनको प्रर्दशनी

मंसिर २८, काठमाडौं । नेपाली हस्तकलामा सुधार ल्याउने उद्देश्यले काठमाडौंमा विहिबार हस्तकला प्रर्दशनी आयोजना गरिएको छ ।

नेपाल हस्तकला महासंघले आफ्नो स्थापनाको ४५ वर्ष पूरा भएको अवसर पारेर विहिबार एक दिने हस्तकला प्रर्दशनी आयोजना गरेको हो । प्रर्दशनीमा नेपाली हस्तकलाका उत्कृष्ट उत्पादनहरु राखिएका थिए ।

हस्तकलामा अझै सुधार ल्याउने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । प्रर्दशनीमा धातु कला, प्रस्तर कला र काष्ठकलाका सामग्रीका राखिएका थिए । यसैबीच महासंघका अध्यक्ष शाक्यले नेपाली हस्तकलाको व्यापार गत वर्ष भन्दा यस वर्ष १७ प्रतिशतले वृद्धि भएको पनि जानकारी दिए ।

नेपाली हस्तकलाको विश्व बजारमा माग बढ्दो छ । तर माग अनुसारको आपूर्ति व्यवस्था गर्न सरकारले उचित वातावरण बनाउन नसकेको व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *