ह्विलचियर क्रिकेटमा बंगलादेश विरुद्ध नेपालको जीत

मंसिर २८, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले हराएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा बिहीबारबाट टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो। बंगलादेशलाई रोक्न नेपालका लागि विपिन पौडेल एक्लैले ४ विकेट लिए। यामबाहदुर श्रेष्ठले २ तथा रामबहादुर तामाङ, राजु कट्वाल, विष्णु अधिकारीले समान १(१ विकेट लिए।

७८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा १ विकेट गुमाएर विजयी भयो। नेपालका लागि बिक्रमसिंह चेम्जोङले सर्वाधिक नटआउट ३७ रन बनाए। यस्तै नविन राई १३ रन बनाएर नट आउट भए भने जंगबहादुर मगर १४ रन बनाए।

खेलको म्यान अफ द म्याच विपिन पौडेल भए। भोलि अब नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्नेछ।

त्रिकोणात्मक श्रृखंलामा आयोजक नेपालसहित भारत र बंगलादेशको पनि सहभागिता छन्।

ह्विलचियर क्रिकेट संघको आयोजनामा भएको टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी हिमाल आर्यालले निभाएका छन्।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा भएको प्रतियोगितामा राउन्ड राविनपछि शीर्ष २ टोलीले पुस १ गते फाइनल खेल्नेछन्। अपांगले पनि देशको नाम झन्डा फहराउन सक्छन् भन्ने उदाहरण दिनका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने कप्तान हिमालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *