गच्छदारले प्रमाणपत्र लिन पाएनन्, भगतवतीका कार्यकर्ताद्वारा अवरोध

मंसिर २८, सुनसरी । मतगणनामा धाँधलीको आरोप लागेका सुनसरी ३ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी कांग्रेस नेता विजयकुमार गच्छदारलाई विपक्षी भगवती चौधरीका कार्यकर्ताले प्रमाणपत्र लिन दिएका छैनन् । गच्छदार विरुद्ध आज पनि एमालेकी भगवती चौधरी समर्थक कार्यकर्ताहरुले विरोध गरेका छन् ।

निर्वाचन कार्यालयमा गच्छदारले प्रमाणपत्र लिन जाँदा एमालेका कार्यकर्ताहरुले अवरोध गर्ने प्रयास गरेका छन् । अहिले पनि अवरोधको प्रयास जारी छ । चौधरी समर्थकको विरोध जुलुस निर्वाचन कार्यालयतर्फ अघि बढ्ने प्रयासमा छ ।

दुहवीबाट एमाले समर्थक विरोध जुलुस निर्वाचन कार्यालय तर्फ अघि बढ्न खोजेपछि सुरक्षा अवस्था कडा पारिएको छ ।

सुनसरीमा विजयी भएका प्रदेश तथा प्रतिनिधिसभाका सदस्यहरुलाई हालसम्म प्रमाणपत्र दिइएको छैन ।
आज प्रमाणपत्र दिने कार्यक्रम थियो । सोही प्रमाणपत्र वितरण कार्यक्रम अवरोध गर्ने प्रयासस्वरुप भगवति चौधरीका कार्यकर्ताले विरोध जुलुस निकालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *