समानुपातिकतर्फ पनि एमाले पहिलो कांग्रेस पछ्याउदै (मतसहित)

काठमाडौं, मंसिर २८ । प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।

निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २६ लाख १६ हजार २८६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख २७ हजार ५९१ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ३४ हजार ४७०, संघीय समाजवादी फोरमले ३ लाख ४९ हजार मत कटाएको छ ।

राजपाले २ लाख ९४ हजार, राप्रपाले १ लाख ७४ हजार, विवेकशील साझा पार्टीले १ लाख ७२ हजार, नयाँ शक्ति पार्टीले ६८ हजार मत ल्याएको छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६३ हजार, नेपाल मजदुर किसान पार्टीले ४२ हजार मत कटाएको छ । अरु दलले २ लाख ७८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *