सल्यानी युवा संजालद्धारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त

काठमाडौं, मंसिर २८ । सल्यानी युवा संजालले जिल्लाबाट नवनिर्वाचित संघीय प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेत, ६ नं प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला र गुलाब जङ्ग शाहलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। नवनिर्वाचित जनप्रतिनिधिले पहिलो औपचारिक कार्यक्रम सल्यानी युवा संजाल बाट सुरु गरेका छन् । कार्यक्रममा सल्यानी युवा संजालका अध्यक्ष सुदर्शन बुढाथोकी र अन्य अतिथिहरुबाट सल्यान जिल्लाबाट संघीय प्रतिनिधि सभा र प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष के।सी। र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवनिर्वाचित प्रतिनिधिहरूले आफ्ना आगामी पाँच वर्षका कार्ययोजना तथा प्रतिबद्धताहरु व्यक्त गर्दै आफुहरुलाई अमूल्य मतदान गरेर विजयी गराउनु हुने सल्यानी जनता तथा मतदाताहरुलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेका थिए ।

 

कार्यक्रममा आफ्ना प्रतिबद्दता स्मरण गराउदै प्रतिनिधिहरुले आफ्नो कार्यकालमा समृद्द सल्यान निर्माण हुने, देशमा भ्रष्टाचारमा कमी ल्याउने, कर्माचारीतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरे र यसका लागि आफुहरुले सदनमा कुरा उठाउने पनि उनीहरुले बताए। साथै उनीहरुले जिल्ला र समग्र देश बिकास संसद र नेताहरुबाट मात्रै सम्भव नभएको र सबै जनता लागि पर्नुपर्ने बताए।

संजालले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सल्यान र समग्र देशको समृद्दिमा कार्य सफलताको शुभकामना दिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरे, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के।सी। “अरुण”, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी , कुमाख मालीका गाउँपालिका अध्यक्ष दिलमाया बुढा “सिर्जना” कालिमाटी गाउँपालिका उपाध्यक्ष सहनशिला डिसी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य टेक राज शाही, नेपाली काङ्ग्रेसका युवा नेता प्रकाश भण्डारी लगायतका व्यक्तित्वहरुको महत्त्वपूर्ण उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *