४० किलोको माला लगाएपछि ओलीले भनेः जिम्मेवारीले पनि थिचेको छ

मंसिर २७, दमक । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा ४० किलोको मालाले सम्मान गरिएको छ। मंगलबार दमक नगरपालिकाले नगरपालिका कार्यालय परिसरमा गरिएको बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीसहित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले उक्त माला लगाइदिएर सम्मान गरेका हुन्।

कार्यक्रममा झापाको क्षेत्र नं.– ५ ‘ख’बाट प्रदेशसभामा निर्वाचित अर्जुन राईलाई पनि सम्मान गरिएको थियो।

सम्मान ग्रहणपछि सम्बोधन गर्दै ओलीले आफ्ना मतदाताहरूको सम्मान हुनेगरी विकास र समृद्धिको अगुवाइ गर्ने बताए। उनले आफूलाई ठूलो माला लगाइदिएपछि जिम्मेवारीले पनि थिचेको भन्दै माला र मतको सम्मान हुनेगरी जनअपेक्षाअनुसार काम गर्ने बताए। सोमबार गृहजिल्ला आएका ओलीले मंगलबार भद्रपुर विमानस्थल हुँदै फर्कनुअघि दमकका विभिन्न स्थानमा भएका विजयी सभाहरूलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *