उत्तर कोरियासँग निशर्त वार्ताको लागि तयार

२०७४ जेठ १५ गते

“
मंसिर २७, काठमाडौं । अमेरिकाले उत्तर कोरियासँग आणविक निशस्त्रीकरण सम्बन्धि निस्शर्त वार्ता गर्न चाहेको बताएको छ । उत्तरको आणविक हतियारलाई लिएर दुई देशबीचको तनाव चुलिएसँगै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले निस्शर्त वार्ता गर्न चाहेको बताएका हुन ।
वार्तापछि दुईदेशको सम्बन्ध कसरी अघि बढाउने भन्ने तय गर्न सहज हुने उनको भनाई भनाई छ ।
उत्तरसँग कुनै पनि सम्बन्ध नराख्ने अडानलाई केही सहज बनाउदै टिलरसनले वार्तामार्फत समस्या समाधान आवश्यक रहेको बताएको बीबीसीले जनाएको छ ।
यसअघि उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल बन्द गर्न चेतावनी दिँदै आएको अमेरिकाले पछिल्लो समय वार्ताका लागि तयार रहेको बताएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित