मेचीबाट प्रतिनिधिसभामा पवित्रा एक्ली महिला

२७ मंसिर, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् ।  मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी हुन् । योसँगै उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेकी हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७६७ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । उनले ४५ हजार ८१७ मत प्राप्त गदा भने थापाले ३२ हजार ५० मत प्राप्त गरेका छन् ।

एमालेको १ नं प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी पवित्रा तीन दशकयता झापामा रहेर सक्रिय राजनीति गरिरहेकी छन् । निरंकुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउनसमेत हम्मेहम्मे परेका बेला पनि राजनीतिमा उनी उत्तिकै सक्रिय थिईन् ।

विसं २०३६ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यमा पुगेको छ । २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा रहँदा विद्यार्थी युवा दस्ताको एउटा दरिलो सिपाही पवित्राको फराकिलो आत्मविश्वास र दृढताले राजनीतिक यात्रामा कुनै न कुनै जिम्मेवारी सम्हालिन् ।

विसं २०३८ मा अखिल नेपाल महिला संघको गाउँ समिति सदस्य हुँदै उहाँको राजनीतिक यात्राले गति लियो । २०४० सालमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दमकमा आयोजित समीक्षा बैठकस्थलबाटै उहाँ पक्राउ परेपछि तीन वर्ष जेल परिन् ।

विसं २०५४ मा जिल्ला विकास समिति झापाको मनोनीत सदस्य भएर उनले काम गरिसकेकी छन् । बिर्तामोड खानेपानी तथा सरसफाइ समितिमा पवित्राले १० वर्ष बसेर काम गरिसकेकी छन् ।

विसं २०६६ मा एमालेको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेकी पवित्रा निरन्तर पार्टीमा क्रियाशील छन् । त्यसयता उनले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेर काम गर्नुभएको छ भने अनेम संघको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसकेकी छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *