गच्छदारका गुरुले इमान्दारितापूर्वक चुनाव जिते तर गच्छदार…..

काठमाडौं मंसिर २७ । सुनसरी क्षेत्र नम्बर–३ को मत परिणाम निक्कै कसिलो बन्दै जाँदा विजयकुमार गच्छदारका राजनीतिक गुरु अगमलाल चौधरीले जित हासिल गरेका छन् । उनी २१ हजार ४२९ मतसहित निर्वाचित भएका छन्।

 

सुनसरी ३ को ‘ख’ प्रदेश सभातर्फ नेपाली कांग्रेसका उमेदवार रहेका चौधरीले एमालेका रामदेव यादवलाई पराजित गरेका हुन्। यादवले १७५६८ मत प्राप्त गरेका छन् । उनी गच्छदारका राजीतिक गुरु हुन् ।

यता, प्रतिनिधि सभातर्फ गच्छदारले एमालेकी भगवती चौधरीलाई ५ सय ५२ मतले पछि पार्दै अघि बढिरहेका छन् । भगवतीसँग यो उनको दोस्रो भिडन्त हो उनले दोस्रो संविधानसभाको झल्को आउनेगरि चौधरीलाई हराउने निश्चित देखिएको बताइन्छ । त्यतिबेला चौधरीको तीन हजार बेसी मत बदर भएको भन्दै गच्छदारले जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *