स्याङजामा बामगठबन्धनको अग्रता
“
पोखरा, मंसिर २६ । पार्टीहरुबीचको आन्तरिक बिवादका कारण चार दिन ढिलो मतगना सुरु भएको स्याङजामा बामगठबन्धनका उमेदवारले ठूलो मतान्तरले अग्रता लिएका छन् । बमगठबन्धको तर्फबाट क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यका उमेदवार नारायण मरासीनील २१ हजार ०४ मत प्राप्तगरेका छन् भने काँग्रसका उमेदवार राजु थापाले १६ हजार ३ सय ५५ मत पाएका छन्। मरासीनी र थापाबीच ४ हजार ६ सय ४९ मतको अन्तर छ ।
त्यसैगरी क्षेत्र नम्वर २ बाट बामगठन्धनका उमेदवार पध्मा अर्यालले १७ हजार २ सय ५६ मत प्राप्तगरेकी छन् भन् काँग्रेसका नेता तथा उपप्रधानमन्त्री रहेका गोपालमान श्रेष्ठले १४ हजार ३ सय ९९ मत प्राप्तगरेका छन्। एमालेकी अर्याल र श्रेष्ठबीच २ हजार ८ सय ५७ मतको अन्तर देखिएकोछ। त्यसैगरी प्रदेश सभा क मा गठबन्धनका तर्फका सझा उमेदवार माओवादीका दिपक चर्ती मगरले १७ हजार ३० मत प्राप्तगरेका छन्। उनका प्रतिद्धन्दी काँग्रेसका कमल पंगेनीले १४ हजार ३ सय ५२ मत प्राप्तगरेका छन्।
त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा ख बाट गठबन्धनका मीन प्रसाद गुरुङले १६ हजार ०२ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका तुलसी गिरीले ११ हजार ५ सय ९८ मत पाएका छन्। त्यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा क मा गठबन्धनको तर्फबाट एमालेका मोहन प्रसाद रेग्मीले १२ हजार १ सय ५२ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका बिष्णु पौडेलले ९ हजार ७ सय ११ मत ल्याएका छन्। प्रदेश सभा ख मा गठबन्धनका तर्फबाट माओवादीका पारस गैरेले १३ हजार ५० मत ल्याएका छन भने उनका प्रतिद्धन्दी काँग्रेसका भागवत प्रकाश मल्लले पनि १० हजार ८सय ८२ मत पाएका छन्।
“