सिरियामा तैनाथ रुसी सेना फिर्ता

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २६ । रुसले सिरियामा तैनाथ आफना सेना फिर्ता बोलाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले सिरियामा तैनाथ गरिएका सेना फिर्ता गर्ने निर्णय गरेलगत्तै रुसी सेना धमाधम फिर्ता हुन थालेका छन् ।
अचानक सिरिया पुगेका रुसी राष्ट्रपति पुटिनले सिरियाको अवस्थामा केही सुधार आएका भन्दै सेना फिर्ता बोलाउने निर्णय गरिएको रुसी रक्षामन्त्री सरगोई सोइगुले जानकारी दिए ।
सिरिया भ्रमणकै क्रममा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र सिरियाली राष्ट्रपति बसर अल असदबीच सिरियाको लाताकियामा रहेको हवाई अड्डामा भेटवार्ता भएको थियो । सिरियामा जारी द्वन्द्वपछि रुसले सिरियामा ३ हजारको संख्यामा आफना सेना तैनाथ गरिएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित