आज मंगलबार, तपाईको राशिफल यस्तो छ


“
काठमाडौं, मंसिर २६ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । आफन्त विच मनमुटाव होला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । राजनैतिक विवाद बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जोश जाँगर र हिम्मत बढ्ला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ । मान प्रतिष्ठामा बृद्धि होला । अधुरो काम बन्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अचल सम्पत्ती हात पर्ने योगछ । व्यापार व्यवसायमा फाईदा होला, समाजिक कार्यमा मन जाला । पराक्रम बढ्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शुभ समाचार सुन्न पाईएला । प्यारो साथी संग भेट हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । कार्य शिद्धिको योग छ । सहयोग भाव आउला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्तिको कारोवार हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विज्ञान प्रविधीको सहयोगले फस्टाउनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिन्ता छाडेर चिन्तन गर्ने समयछ । स्वास्थ्य विग्रने छ । शुभ असुभ समाचार सुनिएला । मध्यम खाले दिन छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । उपहार पाप्त होला । शुभ समाचार सुन्नमा आउला । – ज्यो.प. नारायणप्रसाद दुलाल
“
