विराट कोहली र अनुष्का शर्माले इटली पुगेर गरे विवाह

एजेन्सी । भारती क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले इटली पुगेर विवाह गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटलीमा विवाह गरेको फेमिलि स्टेटमेन्टमा जनाइएको छ ।

विवाह समारोहमा परिवारका साथै केही साथीहरू समेत उपस्थित थिए । उनीहरूले हिन्दु परम्परा अनुसार नै विवाह गरिएको उक्त स्टेटमेन्टमा जनाइएको छ । विराट र अनुष्काका लागि टप फेसन डिजाइनर सबयसाची मुखर्जीले विवाहका लागि ड्रेस तयार पारेका थिए ।


यी कपलले रिलेटिभ्सका लागि यही डिसेम्बर २१ मा नयाँ दिल्लीमा रिसेप्सन पार्टी दिनेछन् भने बलिउडकर्मी र क्रिकेटरका लागि डिसेम्बर २६ मा मुम्बईमा रिसेप्सन दिने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *