टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा गरे ‘ह्याट्रिक’

अर्घाखाँची २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गर्नुभएको छ ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पार्नुभएको हो । उहाँले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पार्नुभएको हो ।

रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।

माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै हराउनुभएको थियो । प्रदेशसभातर्फ यो समाचार तयार पार्दासम्म दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *