स्याङजामा मतगणना सुरुवातसंगै बामगठबन्धनको अग्रता

मंसिर २५, पोखरा । पार्टीहरुबीचको आन्तरिक बिवादका कारण चार दिन ढिलो मतगना सुरु भएको स्याङजामा बामगठबन्धनका उमेदवारले ठूलो मतान्तरले अग्रता लिएका छन् । बामगठबन्धको तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण मरासीनीले बाम १० हजार ३ सय ९८ मत प्राप्त गरेका छन् भने काँग्रसका उम्मेदवार राजु थापाले ७ हजार १ सय ३३ मत पाएका छन् । मरासीनी र थापाबीच ३ हजार २ सय ६५ मतको अन्तर छ ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट बामगठन्धनका उमेदवार पध्मा अर्यालले १२ हजार १ सय १८ मत प्राप्त गरेकी छन् भने काँग्रेसका नेता तथा उपप्रधानमन्त्री रहेका गोपालमान श्रेष्ठले ९ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् । एमालेकी अर्याल र श्रेष्ठबीच २ हजार ७ सय २९ मतको अन्तर देखिएको छ । त्यसैगरी प्रदेश सभा क मा गठबन्धनका तर्फका सझा उमेदवार माओवादीका दिपक चर्ती मगरले १० हजार ३७ मत प्राप्तगरेका छन् । उनका प्रतिद्धन्दी काँग्रेसका कमल पंगेनीले ७ हजार ७९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा ख बाट गठबन्धनका मीन प्रसाद गुरुङले ८ हजार ५ सय ०४ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका तुलसी गिरीले ५ हजार ८ सय ६८ मत पाएका छन् । त्यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा क मा गठबन्धनको तर्फबाट एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार १ सय ७८ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका विष्णु पौडेलले ५ हजार २ सय २९ मत ल्याएका छन् । प्रदेश सभा ख मा गठबन्धनका तर्फबाट माओवादीका पारस गैरेले ६ हजार ३ सय २९ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी काँग्रेसका भागवत प्रकाश मल्लले पनि ५ हजार ५ सय ९९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =