भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध

मंसिर २५, महेन्द्रनगर । भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध निर्वाचित भएका छन् । पार्टीको अध्यक्ष पदका लागि प्रस्तावित चुनावको मनोनयन दर्ताका लागि सोमबार अन्तिम दिन थियो । तर, कसैले राहुलको उम्मेदवारीलाई चुनौती दिएनन् ।

काँग्रेस नेता मुल्लापल्ली रामन्द्रनले यसको घोषणा गर्दै भने, ‘नामांकनका ८९ प्रस्ताव दाखिल भएको थियो ।

सबै वैद्य थियो । केवल एउटै उम्मेदवार मैदानमा छन् । त्यसैले भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष पदमा राहुल गान्धीलाई निर्वाचित घोषित गर्दछु ।’

योसँगै गान्धी परिवारबाट पार्टीका उनी छैटौँ अध्यक्ष बनेका छन् । यद्यपि, ४७ वर्षीय राहुल पार्टीका सबैभन्दा युवा अध्यक्ष भने होइनन् । यसअघि राजीव गान्धी मात्र ४० वर्षको उमेरमा पार्टी अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *