धनुषामा मातृका यादवले दुई भाईलाई पछार्नै लाग्दा शिक्षामन्त्री गोपालमान श्रेष्ठ रन्थनिदै

धनुषा, मंसिर २५ । धनुषाको क्षेत्र नं.१ मा बाम गठबन्धनबाट माओवादीका मातृका यादवले फोरम नेपालका प्रतिस्पर्धी दीपक कार्की र काँग्रेसका आनन्दा ढुँगानालाई भारी मतान्तरले पछि पार्दै जित सुनिश्चित गर्ने पक्षमा रहेका छन् ।

यादवले २२५२६मत पाउदा फोरम नेपालका दीपक कार्कीले १५१४७ र काँग्रेसका आनन्द ढुङ्गाना १३७७७ मत मात्र प्राप्त गर्न सफल भएका छन् ।

 

उता,अर्घाखाँची प्रतिनिधिसभा माओवादी टोपबहादुर रायमाझीले पनि काँग्रेसका डा.राम बहादुर बिसीलाई पछि पार्दै जित सुनिश्चि गर्ने मुडमा पुगिसकेका छन् उनले ४५ हजार ६६३ मत प्राप्त गर्दा कांग्रेसका डा. रामबहादुर बिसीले ३० हजार ६३९ मत प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै, प्रदेश ‘क’तर्फ एमालेका चेतनारायण आचार्य ले काँग्रेसका विष्णु मुस्कान खनाललाई पाखा लगाएका छन् । आचार्यले १३ हजार ९०५ मत प्राप्त गर्दा खनालले ८ हजार ८५४ प्राप्त गरेका छन् । त्यस्तै,प्रदेश ‘ख’ मा एमालेका रामजीप्रसाद घिमिरेले १४ हजार ३२२ मत ल्याउँदा कांग्रेसका हिम्मत टण्डन १० हजार १६४ मत प्राप्त गरेका छन् ।

स्याङ्जा क्षेत्र नम्बर–१ मा वनि एमालेका नारायण प्रसाद मरासिनीले काँग्रेसका राजु थापालाई पछि पार्दै अघि लागेका छन् । मरासिनीले ८ हजार ९९७ प्राप्त गर्दा काङ्ग्रेसका थापाले ६ हजार ४६६ मत प्राप्त गरेका छन् भने स्याङ्जा क्षेत्र नं २ मा बाम गठबन्धनबाट एमालेका पदमा अर्याल १० हजार ३१८ र काङ्ग्रेसका गोपालमान श्रेष्ठले ८ हजार २९८ प्राप्त गरेका छन् । श्रेष्ट हाल बहालवाल मन्त्रीसमेत हुन् । उनले शिक्षामन्त्री पदको दुरुपयोग गरेको भन्दै चौतर्फी आलोचना पनि खेपीरहनु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *