प्रतिनिधिसभाका १३४ र प्रदेशसभाका २८५ क्षेत्रको मतगणना सम्पन्न

काठमाडौंँ, २५ मङ्सिर । मङ्सिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलोचरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रोचरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये १०० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसै गरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६७ निर्वाचन क्षेत्रको र दोस्रोचरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये २१८ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १३ जना महिला निर्वाचित भए ।

आयोगका अनुसार आज बिहान ९ बजेसम्मको प्राप्त विवरणअनुसार, ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना कार्य ३७ जिल्लामा सम्पन्न भएको छ ।

त्यस्तै, रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, डडेल्धुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ, भने बाँकी २५ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ ।

समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा मोरङ, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, धनुषा, काठमाडाँैं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, दोलखा, रामेछाप, गोरखा, बागलुङ, पाल्पा, रोल्पा, दाङ, रुुकम पश्चिम, कालिकोट, जाजरकोट, हुम्ला, दैलेख, बैतडी र दार्चुला छन् ।
पछिल्लो विवरणअनुसार १० हजारभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलमा नेकपा ९एमाले०, ३,२८,६२८ नेपाली काँग्रेस ३,२६,६७४, नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेका दलहरू १,६०,११६, राष्ट्रिय जनता पार्टी नेपाल २४,८४० विवेकशील साझा पार्टी १६,२२३, राष्ट्रिय प्रजातन्त्र पार्टी १४,०६०, सङ्घीय समाजवादी फोरम नेपाल १३,८७९ र नयाँ शक्ति पार्टीले १०,६३४ मत प्राप्त गरेका छन् ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *