चितवनमा प्रचण्डको जित सुनिश्चित : विक्रम पाण्डे १० हजार बढी मतान्तरले ओरालो झर्दै

२०७४ जेठ १५ गते

“काठमाडौ, मंसिर २५ । प्रतिनिधिसभातर्m चितवन क्षेत्र नम्बर–३ को मत परिणाम सार्वजनिक भएको छ ।
हाल प्राप्त मत परिणाम अनुसार बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्डले ४४७५० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३४७०७ मत मात्रै ल्याउन सफल भएका छन् । पाण्ड १००४३ को मतान्तरले पछि रहेका छन् ।
निर्वाचन अधिकृतका अनुसार हालसम्म ८१ हजार ७ सय ४१ मत गणना भइसकेको छ भने १२ हजार ८० मत मात्र गणना गर्न बाँकी रहेको छ । कूल ९३ हजार ८२३ मत खसेको थियो ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित