पर्सा क्षेत्रनम्बर २ बाट बिमल श्रीवास्तव निर्वाचित

मंसिर २५ , पर्सा । पर्सा क्षेत्रनम्बर २ बाट बिमल श्रीवास्तव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका अजय कुमार चौरसियालाई १ हजार ४६५ मतअन्तरले हराए । श्रीवास्तव २१ हजार १६९ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ठाकुर प्रसाद खरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमार चौरसियाले १९ हजार ७०४ मत पाएका छन् ।

श्रीवास्तव स्थानीय चुनावमा लोकतान्त्रिक फोरमबाट वीरगञ्जको मेयरमा लडेका थिए । राजपाले टिकट नदिएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरको चुनाव लडे पनि त्यतिबेला उनको पक्षमा नतिजा आएन । तर, अहिले राजपाको समेत समर्थनमा श्रीवास्तवले प्रतिनिधिसभा निर्वाचन जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =