भगवती चौधरी र गच्छदारको भिडन्त रोचक मोडमा, अब के होला ?

मंसिर २५, धरान । सुनसरी जिल्लाको क्षेत्र नं ३ को चुनावी भिडन्त अत्यन्त रोचक मोडमा पुगेको छ । वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरी र कांग्रेसका विजय गच्छदारको मतान्तर घट्दै गएको छ ।

प्रतिनिधी सभामा नेकपा एमालेकी  चौधरी र कांग्रेसका गच्छदारको मतान्तर निरन्तर घट्दै आएको छ ।

मतगणनाको सुरुवातदेखि नै एमालेकी भगवती चौधरीले अग्रता लिदै गएको भएपनि पछिल्लो मत परणिाममा मतान्तर थोरै मात्र रहेको छ । सुरुवातमा ३ हजारसम्मको मतान्तर भएको थियो भने अहिले मतान्तर घटेर २ सय ७१ मा आइपुगेको छ । नेकपा एमालेकी भगवती चौधरीले २७,७१२ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २७,४४१ मत प्राप्त गरेका छन् ।

बहुदलिय व्यवस्था स्थापनापछि लगातार चुनाव जित्दै र सत्तामा निरन्तर बस्दै आएका बहालवाला उपप्रधानमन्त्री गच्छदारको चुनावी क्षेत्र भएकाले सुनसरी ३ विशेष चासो र चर्चाको क्षेत्र बनेको छ । याे क्षेत्रबाट दाेस्राे संविधान सभा निर्वाचनमा नेतृ चाैधरीले नै गच्छदारलार्इ अाच्छु अाच्छु पारेकी थिइन ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *