काङग्रेस महामन्त्री शशांक कोइराला नवलपुर १ बाट बिजयी

काठमाडौं, मंसिर २५ । नेपाली काङग्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाटि्रक गरेका छन् । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउादा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *