सिरहा क्षेत्र नं ३ मा एमालेका श्रेष्ठ विजयी

२०७४ जेठ १५ गते

“
लहान, २४ मंसिर । सिरहाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का लीलानाथ श्रेष्ठ विजयी भएका छन् ।
केही बेरअघि सम्पन्न अन्तिम परिणामअनुसार श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अशेश्वर यादवलाई दुई हजार ५२ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले २३ हजार २७० मत प्राप्त गरे, भने उहाँका निकटतम प्रतिद्वन्द्वी फोरमका यादवले २१ हजार २१८ मत प्राप्त गरे ।
नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका श्रेष्ठ यसअघि गत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित