इलाममा जितेपछि झलनाथ खनालले खोक्दै भने…..

इलाम, मंसिर २४ । इलाम क्षेत्र नं १ बाट नवनिर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत आयो भनेर वामपन्थीहरु नआत्तिने बताएका छन् ।

आफ्नो विजयपछि आज चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, “हामी बहुमत आयो भनेर आत्तिदैनौंँ, धैर्य गुमाउने छैनौँ ।” अब बन्ने वामपन्थीको सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उनले निर्वाचनमा हारेका र अन्य दललाई पनि समेटेर अघि बढ्ने स्पष्ट पारे । लोकतन्त्रको रक्षा, समृद्धि र विकासमा लाग्ने प्रतिबद्धता जनाउँदै नेकपा (एमाले)का वरिष्ठ नेता खनालले गरिबी र बेरोजगारी उन्मूलन गर्दै पाँच वर्षभित्र समृद्ध मुलुक बनाउने दृढता व्यक्त गरे ।

नेपालमा अतिवाद, अधिनायकवाद र क्रान्तिको अन्त्य भएर मुलुकमा शान्ति स्थापना भएको बताउँदै नेता खनालले भने,“संविधान अहिले कार्यान्वयनको प्रारम्भिक चरण पूरा भएको छ ।”

समाजवादी लोकतन्त्रबाटै देशको विकास सम्भव रहेको उल्लेख गर्दै उनले यो विजय सबै लोकतन्त्रवादी नेपाली जनताको भएको स्पष्ट गरे । उनले वामपन्थीको बहुमत आएमा अधिनायकवाद आउँछ भनेर भन्नेलाई जनताले गतिलो उत्तर दिएको बताए ।

नेपाली काँग्रेसले पटक पटक बहुमत ल्याए पनि देश विकास र निर्माण गर्न नसकेको आरोप लगाउँदै उनले आगामी १० वर्षभित्र देशलाई कायापलट गरिने अठोट व्यक्त गरे । विजय जुलुसमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी थिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *