मेटलाइफद्वारा नयाँ विश्वव्यापी ब्राण्डप्लेटफर्मको सुरुवात

मंसिर २४, काठमाण्डौँ । मेटलाइफ नेपालद्धारा “मेटलाइफ तपाईसंगै जीवनमा अघि बढ्दै” भन्ने नारा सहित नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्मको थालनीको घोषणा गरेको छ ।

ब्राण्डले ग्राहकहरुको जिवनकोे उतार–चढावको सारथी बन्न मेटलाइफलाई विश्वासिलो साझेदारको रुपमा खडा गरेको जनाएको छ । यसमा दृश्यात्मक पहिचान, लोगो र नाराहरु समेत समावेश छन् । यसले मेटलाइफको विश्वव्यापी ब्राण्डमा विगत ३० वर्षकै महत्वपूर्ण परिवर्तन ल्याउनेछ कम्पनीको विश्वाश छ ।

विश्वमा उपभोक्ताहरुको जीवनस्तर पहिले भन्दा तुलनात्मक रुपमा निकै छिटो परिवर्तन भईरहेको छ । मेटलाइफले विश्वभरि ५०,००० भन्दा बढी ग्राहकहरुमाझ गरेको खोजमा एउटा विश्वव्यापी सत्य पत्ता लगाएको छ । उक्त सत्य अनुसार परिवर्तनको गतिले ग्राहकहरु प्रभावीत हुन्छन् र यस्ता परिवर्तन पहिल्याउनका लागि एउटा विश्वासिलो साझेदारको खोजीमा रहन्छन् ।

मेटलाइफ बाङ्लादेश, नेपाल र म्यान्मारका अध्यक्ष मोहम्मद नुरुल इस्लाम भन्छन् “१५० वर्ष पुरानो कम्पनीको नाताले, मेटलाइफले परिवर्तनशील विश्वलाई अङ्गाली हामीले गर्दै आएको व्यवसाय र त्यसले ग्राहकहरुलाई पार्ने प्रभावको विषयमा पुनःविचार गर्दै अगाडि बढेका छौं । त्यसैगरी हामी परम्परागत सेवा विकास गर्ने ढाँचा भन्दा फरक ग्राहकको धारणा अनुसार सेवा दिने ढाँचालाई अंगालेका छौं ।”

मेटलाइफ नेपालका जनरल म्यानेजर तथा उपाध्यक्ष निर्मल काजी श्रेष्ठ भन्छन्, “हामीले नेपालमा ग्राहकहरुको चाहाना परिपुर्ति गर्ने खालको सरल बीमा तथा सुरक्षाका उपायहरु विकास गर्न ग्राहकहरुको धारणा विश्लेषण तथा संकलन गर्नका लागि यसअघि नै लगानी गरिसकेका छौं । ग्राहकहरुलाई अघि बढ्न मद्दत गर्ने विश्वासिलो साझेदार बनी परिवर्तित जीवन पहिल्याउन हाम्रो भुमिका तथा महान् उद्देश्य अभिव्यक्त गर्न हामीले हाम्रो ब्राण्ड विकसित गर्दै छौँ ।”

बिमासंग सम्बन्धित परम्परागत जटिलता हटाउन मेटलाइफले आफ्नो ग्राहक वर्गको अनुभवमा आधारभूत परिवर्तन गर्दैछ । मेटलाइफको ब्राण्डको यो परिवर्तनले ग्राहकसंग सम्पर्क राख्ने सबै माध्यम जस्तै वेबसाइट, ग्राहक सेवा, बिक्री प्रकिया आदिमा फरक पार्दछ । यसले अझ बढी केन्दि्त र सरल अन्तरक्रिया सुनिश्चित गर्दछ ।

मेटलाइफको नयाँ दृश्यात्मक ब्राण्ड स्वच्छ र आधुनिक सौन्दर्यमा बनेको छ । यसको आकर्षक निलो र हरियो रगंले साझेदारीको प्रतीक स्वरुप मेटलाइफको बनाउँदछ । निलो रगंले मेटलाइफको विरासतलाई झल्काउँछ भने हरियो रगंले जीवन, नवीकरण र उर्जाको प्रतिनिधित्व गर्छ । मेटलाइफको नयाँ ब्रान्डले आफ्नो ग्राहकको विविधतालाई अरु उज्यालो रगंहरुद्वारा प्रतिविम्बित गर्छ । मेटलाइफले आफ्नो नयाँ ब्राण्ड २०१८ मा प्रकाशन गर्नेछ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *