‘फस्र्ट लेडी’ बन्ने आरजुको सपना नारदमुनीले उडाए

२०७४ जेठ १५ गते

“
मंसिर २४, धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् ।
त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।
तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका हुन् र ६ हजार ४६४ मत पाएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित