पाल्पा क्षेत्र नं १ मा एमालेका राना विजयी

पाल्पा, २४ मंसिर । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं १ का नेकपा (एमाले) का दलबहादुर रानाले ३२ हजार ५४९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिए ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ को प्रदेश ‘क’बाट नेकपा (एमाले) का युवराज खनालले १७ हजार ८५१ मत प्राप्त गरी विजयी भए । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज ढकालले १३ हजार ६६० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *