सुनसरी–४ (क) मा एमाले विजयी

मंसिर २४,सुनसरी । क्षेत्र नं १ (क )मा नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार प्रदीप भण्डारी विजयी भएका छन् ।

आइतबार बिहान ६ बजे सार्वजनिक भएको मतपरिणामअनुसार भण्डारी १९ हजार २४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर राईले १३ हजार ७७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिए ।
क्षेत्र नं ४ (क) मा एमालेका जगदीशप्रसाद कुसियत प्रदेशसभा सदस्यमा विजयी भए ।

कुसियतले १६ हजार ६९० र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेवतीरमण दुलालले १५ हजार २८२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

नेता कुसियतले जंगली जनावरको आक्रमण नियन्त्रण गर्न र कोशी बाढीपीडितका क्षतिपूर्ति दिलाउनका लागि विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *