दाङ प्रदेश १ कमा माओवादी, पर्सा २ कमा काँग्रेस विजयी

मंसिर २४, काठमाडौं । दाङ क्षेत्र नं १ को प्रदेश कमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रजित चौधरी १७ हजार २८४ मत ल्याई विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप थापाले ११ हजार ५९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता, पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ क बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी भएका हुन् ।

तेलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनरेश यादवभन्दा १५० मत बढी ल्याई विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । तेलीका निकटतम प्रतिद्वन्दी यादवले १० हजार ७९ मत हासिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *