काङग्रेस नेता पौडेल एमालेका श्रेष्ठ भन्दा ५ हजार ५ सय ३६ मत पछाडि

पोखरा, मंसिर २४ । नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनह क्षेत्र नम्वर १ को प्रतिनिधि सभाको मतगठनामा सुरुदेखि नै पछाडि परेका छन् । उनलाई निकट्तम प्रतिद्धन्दी एमालेका कृष्णकुमार श्रेष्ठ भन्दा ५ हजार ५ सय ३६ मतले पछाडि परेका छन्।

एमालेका श्रेष्ठले २९ हजार ३ सय ७८ मत ल्याएका छन्। पौडेलले २३ हजार ८ सय ४२ मत ल्याएका छन्। अहिलेसम्म ५५ हजार मत गणना भइसकेको छ भने अब १० हजार मतगणना हुन बाँकी छ। पौडेलले निर्वाचन जित्न गन्नबाँकी १० हजार मत मध्ये करिव ७० प्रतिशत मत जित्नु पर्ने हुन्छ। तर सो सम्भव नभएको बताइन्छ ।

मतगणनाको संख्या घट्दै गएपछि नेता पौडेल डेञ्जर जोनमा प्रबेश गरेका छन्। उनको जीतको अत्यन्त क्षिणहुदै गएको छ। पौडेलले २०४८ सालपछिका लगातार ५ वटा निर्वाचनमा तनहुँबाट फराकीलो अन्तरले विजयी हुदै आएका थिए।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *