समानुपातिक तर्फको मत अपडेट : सूर्यलाई रुखले,रुखलाई हसियाँले काट्न खोज्दै
“
काठमाडौँ, मसिंर २४ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम जारी रहदा पहिलो चरणमा निर्वाचन सम्पन्न भएका हिमाली जिल्लाका समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।
हालसम्म करिब आधा दर्जन निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको मत गणना भइरहेको जनाइएको छ । प्राप्त मत परिणाम अनुसार समानुपातिक तर्फ एमालेले आफ्नो स्थान अग्र बनाएको छ भने उसलाई नेपाली कांग्रेसले पछि पछ्याइरहेको छ । प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि माओवादी रहेपनि समानुपातिकमा भने तेस्रो स्थानमा खुम्चिएको छ ।
हाल मधेसका विभिन्न जिल्लाहरुमा पनि मतगणना भइरहेको छ । त्यस्तै, कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानमा नयाँशक्ति पार्टी रहेको छ । उता, विवेकशीलको मत भने शुन्य झै रहेको छ ।
आज आइतबार बिहासम्म समानुपातिकतर्फ खसेको मत यस्तो छः
१. नेकपा एमाले–७३२९३
२. नेपाली कांग्रेस–६९८४९
३. माओवादी केन्द्र–३०२६२
४.नयाँ शक्ति – ५२४१
५. राजपा–३४८५
६. राप्रपा–२४००
७. विवेकशील साझा–८३७
८. राप्रपा प्रजातान्त्रिक–६०४
९. संघीय फोरम –४५८
“