अब राष्ट्रियसभाको निर्वाचनको तयारी, कहिले होला निर्वाचन ?

काठमाडौं, मंसिर २४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्बाचन भइसकेको छ । संविधानबमोजिम अब राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन लगत्तै राष्ट्रसभाको निर्बाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रिसभा सदस्य निर्बाचन सम्बन्धी कानुन अझै बनेको छैन् ।

संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुईवटा संसदको व्यवस्था छ । दुईवटा संसदलाइृ संघीय संसद भनिन्छ ।

प्रतिनिधि सभा निर्बाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन अब्हान गर्नुपर्ने संविधानको धारा ९३ मा उल्लेख छ ।

निर्बाचन आयोगले प्रत्यक्ष निर्बाचनको नतिजा मंसिर २६ गतेभित्र र समानुपातिकतर्फको नतिजा मंसिर ३० गतेभित्र आइसक्ने जनाएको छ ।

अब पु्स अन्त्यतिर संघीय संसदको बैठक आब्हान गर्नुपर्नेछ । अतः राष्ट्रियसभाको निर्वाचन त्यसअघि नै सम्पन्न गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *