स्थगित मथुरा नन्दराम आधारभूत केन्द्रमा १२७२ मत खस्यो

सन्धिखर्क, २३ मङ्सिर । मङ्सिर २१ गते स्थगित भएको मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान सम्पन्न भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–५ मा रहेको ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रमा शनिवार पुनः मतदान भएको छ ।

बिहीबार निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गरेको भन्दै बिहीबार मतपत्र जलाउनुका साथै मतपेटिका समेत फालिएको सो मतदान स्थलमा उत्साहका साथ मतदान भयो ।

यी दुई केन्द्रमा गरी दुई हजार ४४ मतदाता रहेको ‘क’ र ‘ख’ मा गरी ६५४ र ६१८ गरी १२७२ मत खसेको मतदान केन्द्र ‘क’ का मतदान अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्नका लागि मतदान केन्द्र ‘क’ मा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत र ‘ख’ मा सिँचाई कार्यालय प्रमुख टंकबहादुर केसी मतदान अधिकृत रहेका थिए । बिहीबार ‘ख’ का मतदान अधिकृत (शिक्षक) सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए ।

मथुरामा भएको चुनावमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला पनि मतदान स्थलमा उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *