समानुपातिक तर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा, रवीन्द्र मिश्र

काठमाडौँ, २३ मंसिर । विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले सम्मानजनक मत पाएको भन्दै समानुपातिक तर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा व्यक्त गरेका छन् ।

सो क्षेत्रमा ८१९ मत अन्तरमा विजयी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई र आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै उनले आज जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी निर्माण प्रक्रियाको चार महिनामै प्राप्त उक्त मतले उत्साह पैदा गरेको जनाए ।

आफूहरुले राष्ट्रिय दलको मान्यता नपाउने भए पनि हाल देशभरि अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनाव पश्चात् देशको नेतृत्व गर्न तयार पार्नु पार्टीको चुनौती भएको उहाँले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *