काठमाडौँ–७ मा रामवीर मानन्धनरले विक्रम थापालाई लखेटे

काठमाडौं, मंसिर २३ । काठमाडौं क्षेत्र नम्बर–७ मा एमालेका रामवीर मानन्धरले जित हासिल गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनका (राप्रपा) प्रतिस्पर्धी तथा उम्मेद्वार विक्रम थापालाई पाखा लगाउँदै जित हात पारेका हुन् ।

 

मानन्धरले १८ हजार १०२ मत प्राप्त गर्दैै बिजयी भएका छन् ।। उनका निकटतम् प्रतिस्पर्धी थापाले १० हजार ७९ मतमात्रै पाएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीकी अनुपा श्रेष्ठले पाँच हजार तीन सय ७६ मत प्राप्त गरी तेस्रो स्थान रहेकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा एमालेका विजयी उम्मेद्वार मानन्धरको यो दोस्रो पटकको बिजय हो । मानन्धरले राप्रपाका थापालाई ८ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् । एमाले नेता मानन्धरले यसअघि ०७० मा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई पराजित गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा दुई पटक वडाध्यक्ष निर्वाचित भएका मानन्धरले काठमाडौं ७ बाट यो दोस्रो पटक जित निकालेका हुन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *